एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन

Thankot Times

थानकोट । 

दाङ क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद मेटमणि चौधरी नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा चयन भएका छन् ।

सोमबार एकीकृत समाजवादीका संसदीय दलको नेता माधव कुमार नेपालले सांसद चौधरीलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

सोमबार बसेको संसदीय दलको बैठकको सुझाव समेतका आधारमा पूर्वमन्त्री समेत रहेका चौधरीले प्रमुख सचेतकको जिम्मेवारी प्राप्त गरेको एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले जानकारी दिए ।

एकीकृत समाजवादीबाट यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सांसद प्रकाश ज्वाला थिए ।

ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेपछि चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *