डिजेल १० र पेट्रोल ३ रुपैयाँ प्रतिलिटर घट्यो

Thankot Times

थानकोट । 

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । 

पछिल्लो मूल्यसूची अनुसार डिजेलमा प्रतिलिटरमा १० र पेट्रोल प्रति लिटरमा ३ रुपैयाँले  घटेको हो । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो । 

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ।

आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा बिक्री हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ