सुनको मूल्य तोलामा एक हजारले बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको एक लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलाको एक लाख आठ हजारमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुन तोलाको एक लाख आठ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ