‘माननीयज्यू मोबाइल स्विच अफ गर्नुस्’

Thankot Times

थानकोट । 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाइल स्विच अफ गर्न सांसदहरुलाई आग्रह गरेका छन् । 

मंगलबार राष्ट्रियसभा बैठकमा उनले मोबाइल स्विच अफ गर्न सांसदहरुलाई सचेत गराएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) सांसद मदनकुमारी साह गरिमाले बोलिरहेका बेला एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न भनेका थिए ।

उहाँले भने, ‘माननीयज्यू मोबाइल स्विच अफ गर्नुस् ।’

सदन चलिरहेका बेला सांसदहरुलाई राष्ट्रियसभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *