पेरिस ओलम्पिक महिला फुटबलको एसिया छनोट: नेपालले आज भियतनामसँग खेल्दै
थानकोट ।
पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले आज भियतनामसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ६ बजे सुरु हुनेछ ।
फिफा वरीयतामा भियतनाम ३३ औँ र नेपाल १०० औँ स्थानमा रहेको छ । भियतनाम अस्ट्रेलिया-न्युजिल्यान्डमा चार महिनापछि हुने फिफा महिला विश्व कपमा प्रतिस्पर्धा गर्ने तयारीमा छ ।
पहिलो चरणको छनोटमा समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् ।
प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र भियतनाममात्र रहेका छन् । नेपालले दोस्रो खेलमा भियतनामसँग शनिबार खेल्नेछ ।













