भियतनाम विरूद्ध निरिह बने नेपाली चेली, ५-१ पराजित

Thankot Times

थानकोट । 

पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपाल  भियतनामसँग पराजित भएको छ ।

दशरथ रङ्गशालामा बुधबार साँझ भएको खेलमा नेपाल भियतनामसँग ५–१ गोलले पराजित भएको हो ।

पहिलो हाफमा नेपाल ३ गोलले पछाडि परेको थियो । दोस्रो हाफमा नेपालले थप २ गोल खायो भने एक गोल फर्कायो । नेपालका लागि सावित्रा भण्डारीले ८० औँ मिनेटमा गोल गरिन् । फिफा वरीयतामा भियतनाम ३३औँ र नेपाल एक सयऔँ स्थानमा रहेको छ । भियतनाम अस्ट्रेलिया–न्युजिल्यान्डमा चार महिनापछि हुने फिफा महिला विश्व कपमा प्रतिस्पर्धा गर्दैछ ।

पहिलो चरणको छनोटमा समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेलेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यो समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् ।

नेपाल र भियतनामको दोस्रो खेल आउँदो शनिबार हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ