चन्द्रागिरि साकोसका सदस्यलाई स्वास्थ्य तथा औषधि उपचारमा छुटसहित थप सुविधा
थानकोट ।
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुलाई स्वास्थ्य उपचार सेवामा थप सुविधा हुने भएको छ ।
बुधबार चन्द्रागिरि साकोस र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुबीच सहमती पत्रमा हस्ताक्षर भई उक्त सुविधाहरु प्राप्त हुने भएको हो ।
यस अघि पनि सदस्यहरुले उक्त अस्पतालबाट सामान्य सुविधा प्राप्त गर्दै आईरहेकोमा पछिल्लो समय उक्त अस्पतालको व्यवस्थापन मेडी प्राईड हेल्थ केयर प्रा.लि.द्वारा सञ्चालन भए पछि सदस्यहरुलाई थप सुविधा र सहुलियत प्रदान गर्ने गरी अस्पतालका कार्यकारी निर्देशक डा. नस्तु प्रसाद शर्मा र संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठबीच नयाँ सहमती पत्रमा हस्ताक्षर भएको हो ।
स्वास्थ्य तथा औषधि उपचारमा अब चन्द्रागिरि साकोसका सदस्यहरुललाई सामान्य शैया, ल्याव परीक्षण, एक्स-रे एवं भिडियो एक्सरे, ईसिजिमा १५ प्रतिशत छुट हुने छ भने क्याबिन, आईसियु तथा आईसियु भेन्टिलेटर, अपरेशन, ईको, मेमोग्राम, ईन्डोस्कोपी र फिजियोथेरापीमा १० प्रतिशत हुने छ ।
त्यसैगरी, वर्षको एक पटक पूरा शरिर जाँच प्याकेजमा १५ प्रतिशत,आर्थिक रुपले विपन्न तथा असाहय सदस्यहरुलाई उल्लेखित सेवाहरुमा २० प्रतिशत, ८० बर्षदेखि माथि उमेरका जेष्ठ नागरिक सदस्यहरुलाई उल्लेखित सेवाहरुमा ५० प्रतिशत ७० बर्षदेखि ७९ वर्षसम्म उमेरका जेष्ठ नागरिक सदस्यहरुलाई उल्लेखित सेवाहरुमा २५ प्रतिशत छुट उल्लेख गरिएको छ ।













