चन्द्रागिरि हिल्सका शेयरधनीलाई वैशाख १ गतेबाट वर्ष दिनसम्म २५ प्रतिशतसम्म छुटको सुविधा

Thankot Times

थानकोट । 

चन्द्रागिरि हिल्स लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई केबलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ्ग, वाल क्लाइम्बिङ्ग, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ योजना अन्तर्गत छुट सुविधा लिनको लागि शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ ।

यो योजना एक वर्षको लागि लागू रहने छ ।

यसका साथै प्रत्येक भ्रमणमा शेयरधनीहरुलाई संध्याकालीन केबलकारको टिकट समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ