सुनको भाउ घट्दा, चाँदीको बढ्यो

Thankot Times

थानकोट ।

कारोबार हुने साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ घट्दा चाँदीमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला २ सय रुपैयाँले घटेर छापावाला सुन १ लाख १० हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ६ सय ५० सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ४० रूपैयाँ कायम भएको छ।

बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ३५ रूपैयाँमा कारोबार भएको थियोे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ