सुन तथा चाँदीको भाउ स्थिर

Thankot Times

थानकोट ।

कारोबार हुने साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन तथा चाँदीको भाउ स्थिर बसेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ स्थिर बसेर छापावाला सुन १ लाख १० हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ स्थिर बसेर १४ सय ४० रूपैयाँ कायम भएको छ।

शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय ४० रूपैयाँमा कारोबार भएको थियोे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ