स्थापना दिवसका अवसरमा बैशाख २ गते रक्तदान कार्यक्रम आयोजना गर्दै चन्द्रागिरि साकोस
थानकोट ।
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले संस्था स्थापनाको २२औं वार्षिकोत्सवको अवसरमा आगामी बैशाख २ गते शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
संस्थाको मुख्य कार्यालय चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्टमा सो कार्यक्रम आयोजना हुने साकोसले जनाएको छ ।
संस्थाले स्थापना दिवसका अवसरमा वर्षेनी रक्तदान कार्यक्रम समेत गर्दै आएको छ ।
२०५८ वैशाख ६ गते स्थापना भएको चन्द्रागिरि सहकारी मुलुकभरका उत्कृष्ठ सहकारीका रूपमा परिचित छ ।













