साथीको फोटो राखेर नक्कली फेसबुक अकाउण्ट खोलेर ६० लाख रूपैयाँ ठगी गरेपछि…

Thankot Times

थानकोट । 

आफ्नै साथीको फोटो राखेर नक्कली फेसबुक अकाउण्ट खोल्दै ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महिलाको तस्बिर राखेर नक्कली फेसबुक अकाउण्ट प्रोफाइल बनाई ठगी गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले पर्वतको मोदी गाउँपालिका वडा नम्बर २ घर भएका २६ वर्षीय विश्व शर्मालाई नियन्त्रणमा लिएको हो।

फेसबुक अकाउण्ट खोलेर साथी बनाउँदै प्रेमको कुरा गर्दै पटक-पटक विभिन्न बाहनामा रकम मागेको शर्मामाथि आरोप छ।

उनलाई गत चैत २३ गते पक्राउ गरी गत चैत २४ गते काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिएर थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए।

शर्माविरूद्ध सामाजिक सञ्जाल दुरूपयोगअन्तर्गत मुद्दा दर्ता गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *