सुन तथा चाँदीको भाउमा वृद्धि
थानकोट ।
कारोबार हुने साताको तेश्रो दिन आज मंगलबार नेपाली बजारमा सुन तथा चाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ५ सय रुपैयाँले बढेर छापावाला सुन १ लाख ९ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ३५ रूपैयाँ कायम भएको छ।
आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ३० रूपैयाँमा कारोबार भएको थियोे।














