मातातीर्थ संरक्षण तथा विकास संस्थाको अध्यक्षमा शान्त उदास

Thankot Times

थानकोट । 

मातातीर्थ संरक्षण तथा विकास संस्थाको अध्यक्षमा शान्त उदास चयन भएका छन् ।

प्रसिद्ध धार्मिकस्थल मातातीर्थ कुण्ड क्षेत्रको संरक्षण तथा विकासका लागि स्थापना भएको सो संस्थाको बुधबार सम्पन्न पाँचाै साधारण सभाले संस्थाको २१ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा मीम श्रेष्ठ, सचिवमा रजी बस्नेत, कोषाध्यक्षमा कल्पना उदास, सह-कोषाध्यक्षमा राजकुमार श्रेष्ठ तथा सहसचिवमा सम्पूरण बलामीलाई चयन गरेको बताइएको छ । 

चन्द्रागिरि नगरपालिका-०६ मा रहेको प्रसिद्ध तीर्थस्थल मातातीर्थमा हरेक साल मातातीर्थ औंसीका अवसरमा विशेष मेला लाग्ने गर्दछ । सो स्थानमा आमाको श्राद्ध  समेत गर्ने गरिन्छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *