वि.संं २०८० मा सार्वजनिक बिदाको सूची, दसैँमा ६, तिहारमा पाँच दिन बिदा
थानकोट ।
सरकारले २०८० सालमा दसैँमा ६ दिन र तिहारमा पाँच दिन बिदा दिने भएको छ ।
सरकारले राजपत्रमा निकालेको सूचनाअनुसार यो वर्षको दसैँमा कात्तिक ४-९ गतेसम्म (६ दिन) र तिहारमा कात्तिक २६-३० गतेसम्म (पाँच दिन) बिदा हुनेछ ।
सरकारले सार्वजनिक बिदाहरूको सूची पनि राजपत्रमा यसअघि नै सार्वजनिक गरिसकेको छ । सरकारले शनिबार तथा संघ सरकारले वर्षभरि दिने सार्वजनिक बिदाहरूको पनि सूची निकालिसकेको छ ।






















