एउटै गाडी चढेर बालकोट पुगे प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा
थानकोट ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा एउटै गाडी चढेर ओली निवास बालकोट पुगेका हुन् ।
सभामुख देवराज घिमिरे, कांग्रेस नेता रमेश लेखकलगायतका नेता पनि बालकोट पुगेका छन् । तीन दलका शीर्ष नेताबीच टीआरसी र संवैधानिक परिषद्सम्बन्धी विधेयकका बारेमा सहमति जुटाउने प्रयासस्वरुप नेताहरूबीच छलफल हुने बताइएको छ ।
सचिवालयले आज भने ओली निवास बालकोट पुगेर स्वास्थ्य लाभको कामना गर्दै दुई नेताले संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको जनाएको छ ।
आइतबार पनि बालकोटमा छलफल हुने भनिएपनि प्रचण्ड र देउवा नजाँदा छलफल स्थगित भएको थियो ।














