पछिल्लो ११ महिनामा साढे पाँच लाख यात्रुले चढे चन्द्रागिरि केबलकार, ६ करोड राजश्व तिरेको दाबी
थानकोट ।
चन्द्रागिरि केबुलबारमा पछिल्लो ११ महिनाको अवधिमा साढे पाँच लाख यात्रु चढेका छन्।
चन्द्रागिरि हिल्सका अनुसार नयाँ वर्ष २०८० सालको पहिलो दिन १० हजार जनाले केबलकार चढेका थिए।
चन्द्रागिरि हिल्स एवं आइएमइ समूहका अध्यक्ष चन्द्र ढकालले ११ महिनाको अवधिमा साढे पाँच लाख यात्रुले केबलकारको यात्रा गरेको बताउँदै सरकारलाई ६ करोड रुपैयाँ राजस्व बुझाएको बताए।
कम्पनीका संचालक अम्बिकाप्रसाद पौडेलले चन्द्रागिरि क्षेत्रको वनजंगल संरक्षण गरेर पूर्वाधार निर्माण गरिएको बताउँदै वनजंगल बिना केबुलकार लगायतका पूर्वाधारको कुनै अर्थ नरहेको समेत बताए।
भाटभटेनी समूहका अध्यक्ष एवं चन्द्रागिरि हिल्सका संचालक मीनबहादुर गुरूङले चन्द्रागिरि केबलकार लगायत पूर्वाधारले पर्यटन प्रवर्द्धनसँगै मुलुकको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान दिने बताए।














