एसीसी प्रिमियर कपको ट्रफी चन्द्रागिरिमा

Thankot Times

थानकोट ।

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेताले पाउने ट्रफी चन्द्रागिरि हिल्समा सार्वजनिक गरिएको छ।

एशियाली क्रिकेट काउन्सिलका प्रतिनिधिहरूले सो ट्रफी सोमबार चन्द्रागिरि नगरपालिका-०४ भालेश्वर डाडाँस्थित भालेश्वर मन्दिर परिसरमा सार्वजनिक गरेका हुन् ।

नेपालसहित १० वटा देशले खेल्ने प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

प्रतियोगिताको समूह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन्, भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *