सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा मंगलबार पनि सुनको स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो सुन हिजो र अस्ति पनि सोही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि स्थिर रही एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *