एसीसी प्रिमियर कप : मलेसियाद्वारा नेपाल सामु २३६ रनको लक्ष्य प्रस्तुत

Thankot Times

थानकोट ।

काठमाडौंमा आजदेखि सुरु भएको एसीसी प्रिमियर कपमा मलेसियाले नेपाल सामु जितका लागि दुई सय ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा समूह ‘ए’को खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई ३५ रनको योगफल बनायो ।

मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ९५ बल खेल्ने क्रममा आठ चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै वीरनदीप सिंहले ४६, मोहम्मद आमिरले १७, खिजार ह्यायातले २२, सैजरुल इद्रुसले २१ , विजय उन्नीले १२ तथा सायद अजिजले १३ रन बनाए । बलिङतर्फ नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन/तीन विकेट लिए । यसै गरी ललितनारायण राजवंशीले दुई तथा गुल्सन झाले एक विकेट लिए ।

जवाफी ब्याटीमा मैदान उत्रिएको नेपालले ताजा अवस्थामा १० ओभरको खेल सकिँदा २ खेलाडीको नोक्सानीमा ६१ रन बनाएको छ।

नेपालका कुशल भुर्तेल ३८ रनमा क्याच समातिए भने आसिफ शेखले १ रनमा बनाउन सके ।

क्रिजमा भीम सार्की र रोहित पाैडेल छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *