एसीसी प्रिमियर कप: नेपालको विजयी सुरूवात, मलेसिया ६ विकेटले पराजित

Thankot Times

थानकोट ।

काठमाडौंमा आजदेखि सुरु भएको एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरूवात गरेको छ ।

मलेसियाले जितका लागि दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा पूरा गर्यो ।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा समूह ‘ए’को खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रनको योगफल बनायो ।

मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन/तीन विकेट लिए । यसै गरी ललितनारायण राजवंशीले दुई तथा गुल्सन झाले एक विकेट लिए ।

२३६ रनको विजयी लक्ष्य पाएको घरेलु टोली नेपालले ३६.२ ओभरमा ४ विकेटको क्षतिमा सो लक्ष्य सहजै पार गर्यो, सो क्रममा भीम सार्कीले ९८ बलको सामना गर्दै ७१ रन बनाउँदै बाहिरिँदा र कुशल मल्लले अविजित ७० रनको योगदान दिए ।

प्रतियोगिता अन्तर्गत आज नै मुलपानी क्रिकेट स्टेडियममा हङकङले सिंगापुरविरूद्ध ८ विकेटको प्रभावशाली जित दर्ता गर्यो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *