थप उपचारका लागि भारत लगियो राष्ट्रपति पौडेललाई

Thankot Times

थानकोट । 

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगिएको छ।

बुधबार बिहान राष्ट्रपति पौडेललाई श्री एयरको विमानमार्फत भारत लागिएको हो।

उनको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा उपचार हुनेछ।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

त्यसदिन उनको बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो।

स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालले उनलाई निवास फर्काएको थियो।

तर, हिजो फेरि स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *