सुन तथा चाँदीको भाउमा सामान्य वृद्धि
थानकोट ।
नेपाली बजारमा बुधबार सुन तथा चाँदीको भाउमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १० हजार ३ सय रूपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १४ सय ४५ रूपैयाँ कायम भएको छ।
मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय ३५ रूपैयाँमा कारोबार भएको थियोे।














