चन्द्रागिरि साकाेसकाे २२औं स्थापना दिवसका अवसरमा सदस्यहरूलाई स्मार्ट सापटी सेवा

Thankot Times

थानकोट ।
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागि स्मार्ट सापटी सेवा उपलब्ध गराउने भएकाे छ । संस्थाको २२औं स्थापना दिवसकाे अवसर पारेर संस्थाले बुधबारदेखि साे सेवा सुरु गरेकाे हाे ।

संस्थाका अध्यक्ष याेगेन्द्रकुमार कुँवरले एक समारोहका बीच साे सेवाकाे सुरुवात गर्नुभएको हाे ।
सदस्यहरुकाे स-साना आवश्यकता परिपूर्ति गर्न मद्दत गर्ने उदेश्यले संस्थाले साे सेवा सुरु गरेकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
चन्द्रागिरि सहकारीकाे माेबाइल एप्लिकेसन चन्द्रागिरि एम सर्भिसका प्रयाेगकर्ताले याे सेवा लिन याेग्य हुने संस्थाले जनाएको छ ।

जसबाट न्युनतम १० रुपैयाँदेखि अधिकतम २ हजार रुपैयाँसम्म सापटी सकिनेछ ।
साे सापटी रकम ३० दिनभित्र फिर्ता गरिसक्नुपर्ने प्रावधान राखिएको छ । जुन सापटी उपयाेगबापत ५ सय रुपैयाँसम्म सापटी लिनेले सेवा शुल्कबापत २ रुपैयाँ तथा साे माथिकाे सापटीमा ५ रुपैयाँ सेवाशुल्क तिर्नुपर्ने संस्थाले जनाएको छ ।
हाललाई सापटी रकमकाे सीमा २ हजार रुपैयाँसम्म राखिएको र साे काे सीमा परिवर्तन हुन सक्ने संस्थाले जनाएकाे छ । यी सबै प्रक्रिया स्वचालित हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *