डेढ लाख पर्ने सडकबत्ती नगरपालिकाले साढे १४ लाखमा खरिद गर्यो
थानकोट ।
सर्लाहीको गडैता नगरपालिकामा सडकबत्ती जडानमा अनियमितता भएको छ । नगरपालिकाले एक लाख ५७ हजार सात सय ६० रुपैयाँ पर्ने सडकबत्ती १४ लाख ६२ हजारमा खरिद गरिएको हो ।
नगरपालिकाले गत २८ पुसमा ६८ थान ‘एनबिटी लिड आल्मुनियम’ सडकबत्ती खरिद गरेको थियो । लिड लाइट विक्रेता कम्पनीको वेबसाइट ‘इन्डिमार्ट डटकम’मा उक्त बत्तीको मूल्य प्रतिथान भारु १४५० (दुई हजार तीन सय २० नेपाली रुपैयाँ) राखिएको छ । यस आधारमा ६८ थान बत्तीको बजार मूल्य एक लाख ५७ हजार सात सय ६० रुपैयाँ पर्न आउँछ । तर, गडैता नगरपालिकाले प्रतिथान २१ हजार पाँच सय रुपैयाँका दरले ६८ थान बत्ती १४ लाख ६२ हजारमा खरिद गरेको हो ।
बत्तीको मात्रै होइन, बत्ती जडानका लागि आवश्यक ‘लाइट आर्म्स’को खरिद मूल्य पनि अस्वाभाविक देखिएको छ । एउटा ‘लाइट आर्म्स’को बढीमा पाँच सय रुपैयाँ खरिद मूल्य रहेकोमा नगरपालिकाले दुई हजार तिरेको छ । ६८ थान लिड बत्तीका लागि आवश्यक ६८ थान ‘लाइट आर्म्स’ खरिदमा नगरपालिकाले एक लाख ३६ हजार रुपैयाँ भुक्तानी गरेको छ । तर, बजारभाउअनुसार यसको मूल्य ३४ हजार मात्रै हो नयाँ पत्रिकामा खबर ।













