एसीसी प्रिमियर कप: नेपाल र ओमानबीचको खेल आज

Thankot Times

थानकोट । 

काठमाडाैंमा जारी एसीसी प्रिमियर कप अन्तर्गत आज नेपाल र ओमानबीचको खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरू हुने खेलमा नेपाल र ओमान दुवै लगातार दोस्रो जितको खोजीमा हुनेछन् ।

नेपाल घरेलु मैदानमा भएको पछिल्लो नौ खेलमा अपराजित छ । नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई हराउनुअघि आईसीसी क्रिकेट विश्वकप लिग–२ को आठ खेलमा जित निकालेको थियो ।

यद्यपि, लिग–२ का सबै खेल आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रिय खेलको रुपमा मान्यता प्राप्त थियो । तर, अहिले जारी एसीसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय भए नभएको बारेमा भने आईसीसी र नेपाल क्रिकेट संघ (क्यान) दुवैले केही खुलाएका छैनन् ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो । यता, ओमानले भने पहिलो खेलमा कतारलाई ४० रनले पराजित गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *