भागबण्डा नमिल्दा बागमती प्रदेश सरकारका ५ मन्त्रालय महिना दिनदेखि मन्त्रीविहीन
थानकोट ।
बागमती प्रदेशका ११ मध्ये ५ वटा मन्त्रालय विगत एक महिनादेखि मन्त्रीविहीन छन् ।
सत्ता साझेदार दलहरुबीच भागबण्डा नमिल्दा प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन् ।
प्रदेशका ६ मन्त्रालयमा मन्त्री छन् तर ती मन्त्रालयमा पनि सत्ता साझेदार दलहरुको आ-आफ्नै दाबीका कारण फेरबदल हुने सम्भावना छ । जसका कारण मन्त्री भएका मन्त्रालयले पनि पर्याप्त मात्रामा काम गर्न सकेको अवस्था छैन् ।
आर्थिक वर्षको अन्तिम चौमासिकमा पुगिसक्दा समेत महिना दिनसम्म सरकारले पूर्णता पाउन नसक्दा पर्याप्त मात्रामा विकास बजेट खर्च हुन सकेको छैन् ।
मुख्यतः सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा गठबन्धन दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चर्को मतभेद छ । दुवै दल आ–आफ्नो नेतृत्वमा सरकार बनाउन माग गर्दै केन्द्रमा लबिङ गरिरहेका छन् । तर, केन्द्रले सरकारको नेतृत्वको विषय तत्काल टुङ्ग्याउने अवस्था देखिँदैन् ।













