चन्द्रागिरि नगरकी एक महिला बैंकिङ कसूर मुद्दामा २७ लाख जरिवाना नबुझाइ फरार भएपछि……
थानकोट ।
नेपाल प्रहरीले बैकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका घर भई भक्तपुरको सूर्यविनायक नगरपालिकामा बस्ने ४० वर्षीया रश्मी सिग्देल रहेकी प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सूर्यविनायकबाट पक्राउ गरेको हो ।
पक्राउपछि सिग्देललाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।
उच्च अदालत पाटनले सिग्देलविरूद्ध २०७९ फागुन २३ गते बैंकिङ कसुर मुद्दामा २६ लाख ९८ हजार ५०० रुपैयाँ जरिवाना हुने फैसला सुनाएपछि फरार रहेकी थिइन् ।













