सुनको भाउ बढ्दा चाँदीको स्थिर

Thankot Times

थानकोट ।

कारोबार हुने साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको भाउ बढ्दा चाँदीको स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन भाउ प्रतितोला ४ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १० हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ स्थिर बस्दा प्रतितोला १४ सय ४५ रूपैयाँ कायम भएको छ।

बिहीबार पनि चाँदीको भाउ प्रतितोला १४ सय ४५ रूपैयाँमा कारोबार भएको थियोे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *