ओमनविरूद्ध नेपालको शानदार ब्याटिङ, कुशल र सोमपालको कीर्तिमानी रन
थानकोट ।
कुशल मल्लको पहिलो शतक प्रेरित खेलमा नेपालले घरेलु भूमीमा जारी एसीसी प्रिमियर कपमा ओमनविरूद्ध ३१० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा उनले ओमान विरुद्धको खेलमा शतक प्रहार गरेका हुन् ।
खेलमा छैटौं नम्बरमा ब्याटिङ गरेका कुशलले ५९ बलमा शतक पूरा गरे । उनले ९ चौका र ९ छक्का प्रहार गरे । उनी ६४ बलमा १०८ रन बनाउँदै क्याच आउट भए ।
यसै गरी सोमपाल कामीले करियरकै उत्कृष्ठ ब्याटिङ गर्ने क्रममा अविजित ४८ बलमा ६३ रन बनाए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१० रनको र्कीतिमानी योगफल बनाएको हो । एकदिवसीय खेलमा नेपालले यसअघि आइसिसी विश्वकप क्रिकेट लिग–२ मा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो ।














