ईद पर्वको बिदाका बारेमा गृह मन्त्रालयले गरायो यस्तो जानकारी
थानकोट ।
मुस्लिम धर्मावलमीहरूको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको सन्दर्भमा गृह मन्त्रालयले यसबारे विज्ञप्तिमार्फत स्पष्ट गरेको छ ।
मुस्लिम आयोगले वैशाख ८ गते शुक्रबार चन्द्रमा देखिएमा ९ गते ईद उल फित्र मनाइने तथा ८ गते शुक्रबार चन्द्रमा नदेखिएमा रमजानको ३० औं दिन स्वतः व्रत सम्पन्न हुने भएकोले सोही बमोजिम सार्वजनिक विदाको घोषणाका लागि अनुरोध गरेको मन्त्रालयले जनाएको छ ।














