गण्डकी प्रदेशका मुख्य मन्त्री अधिकारीले पाएनन् विश्वासको मत, ढल्यो एमाले नेतृत्वको सरकार
थानकोट ।
शनिबार मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा एमालेको सरकार ढलेको छ ।
प्रदेश सभामा भएको मतविभाजनमा अधिकारी अल्पमतमा परेका हुन् ।
सरकारलाई समर्थन गरेको दल माओवादीले समर्थन फिर्ता लिएपछि अधिकारीले शनिवार दोहोर्याएर विश्वासको मत लिएका थिए । जसअनुसार प्रदेशसभामा मतविभाजन हुँदा अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत पर्यो ।
६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक थियो । गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोही महिनाको २९ गते विश्वासको मत लिएका थिए । मुख्यमन्त्रीले विश्वास गुमाएसँगै गण्डकीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नेछन् ।













