आज मनकामना केबलकार बन्द रहने

Thankot Times

थानकोट ।

आज मनकामना केबलकार सञ्चालन नहुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले केबलकार प्रशासनलाई पत्र लेख्दै चितवन क्षेत्र नं. २ मा आज हुने उपनिर्वाचनलाई लक्षित गर्दै केबलकार सेवा स्थगित गर्न अनुरोध गरेको थियो ।

जिल्ला सुरक्षा समिति चितवनको बैठकले निर्वाचनका बखत मनकामना केबलकार सञ्चालन गर्दा भिड एकत्रित भई सुरक्षा संवेदनशिलता बढ्ने हुँदा आजका लागि केबलकार सञ्चालन नगर्न पत्र काटेको थियो ।

सोही अनुसार मनकामना केबलकार प्रशासनले शुक्रबार सूचना जारी गर्दै आज केबलकार सेवा बन्द रहने जनाएको हो ।

भोलि सोमबारबाट भने केबलकार सेवा नियमित रूपमा सञ्चालन हुने मनकामना दर्शन प्रा लि का प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।  प्रसिद्ध मनकामना मन्दिर क्षेत्रमा पुग्न दैनिक हजाराैं स्वदेशी तथा विदेशी नागरिकहरूले मनकामना केबलकारबाट यात्रा गर्ने गर्दछन् । गत वैशाख १ गते एकैदिन करिब १० हजार जनाले केबलकारमा यात्रा गरेका थिए ।

कुरिनटारस्थित मनकामना केबुलकारको बटम स्टेशन चितवन जिल्ला क्षेत्र नं. २ अन्तर्गत पर्दछ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ