उपनिर्वाचनः ६० प्रतिशत मत खस्यो, १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने आयोगको तयारी

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको जनाएको छ ।

बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार बारा २ मा ६४ प्रतिशत, चितवन २ मा ६३ प्रतिशत र तनहुँ  १ मा ५३ प्रतिशत मतदान भएको छ । 

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको आयोगले उल्लेख गरेको छ । यस निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २४७ मतदाता रहेका थिए ।

मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ ।  आयोग अनुसार यही वैशाख १२ गतेभित्र मत परिणाम सार्वजनिक गर्ने गरी मतगणना हुनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *