एसीसी प्रिमियर कप: आज नेपाल र साउदीबीच खेल हुँदै, ओसिलो पिचका कारण टसमा ढिलाई
थानकोट
एसिसी प्रिमियर कप अन्तर्गत मुलपानी मैदानमा आज नेपाल र साउदी अरेबियाबीचको हुँदैछ । खेल मुलपानीस्थित क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरू हुँदैछ । यद्यपी वर्षाको कारण खेलमा टस ढिलाई भएको छ।
मुलपानी मैदानमा अहिले हल्का वर्षा सुरु भएको छ। कभरले पिच ढाकिएको छ । त्यसैको कारण टसमा ढिलाई भएको छ ।
आइतबार राती परेको पानी र आज विहान परेको वर्षाको कारण पिच र ३० यार्ड एरिया कभरले पुरै ढाकिएको छ । दुवै टोली मुलपानी मैदानमा पुगेका छन् ।













