उपनिर्वाचनः तनहुँमा मतगणना जारी, चितवन र बारामा सर्वदलीय बैठक जारी

Thankot Times

थानकोट ।

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्। 

आज बिहान ९ः२० बजेसम्म १६ हजार ३४२ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले  ९ हजार १९८ मत प्राप्त गरेका छन् ।  नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ८०३ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ४३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । 

बारा–२ मा सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । 

चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । 

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ