एसीसी प्रिमियर कप: नेपाल र साउदी अरेबियाबीचको खेल रद्द, नेपाल सेमीफाइनलमा
थानकोट ।
भारी वर्षासँगै टस नहुँदै खेल रद्ध भएपछि नेपाल र साउदी अरबले एसीसी प्रिमियर कप अन्तर्गत सोमबारका लागि तय भएको समूह ए को खेलमा अंक बाँडेका छन् ।
खेल रद्द भएसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
तीन खेलबाट पाँच अंक बटुलेको नेपाल सेमिफाइनलमा पुगेको हो ।
समान खेल खेलेको ओमान ४ अंकसहित समुहको दोस्रो स्थानमा छ भने समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ ।
चौथो स्थानको साउदीको पनि २ अंक भएको छ । यो समूहमा कतारले अंक जोड्न सकेको छैन् । नेपालले अन्तिम खेल १४ वैशाखमा कतारसँग खेल्नेछ । यो खेल जितेको अवस्थामा नेपाल समूह विजेता बन्नेछ ।













