नेपाली कांग्रेसले नपत्याएका स्वर्णिम वाग्ले तनहुँ-१ बाट भारी मतले विजयी

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले बैशख १० मा सम्पन्न उपनिर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नं. १ मा भारी मतान्तरसहित विजयी भएका छन् । 

मंगलबार बिहान सकिएको मतगणनाको परिणाम अनुसार वाग्ले १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् ।

वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् । यद्यपी मुख्य निर्वाचन कार्यालयले औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको छ ।

यसअघि गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि उपनिर्वाचन भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ