चितवन क्षेत्र नं. २ को मतगणना सकियो, रास्वपाका सभापति रवि लामिछाने विजयी
थानकोट ।
बैशाख १० गते सम्पन्न उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नं. २ को मतगणना सम्पन्न भएको छ ।
सोमबार दिउँसोदेखि सुरु भएको मतगणना मङ्गलबार मध्याह्न सम्पन्न भएको हो ।
निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् ।
चितवन २ मा खसेको सबै ७८ हजार २७७ मत गणना सकिँदा लामिछानेले ५४ हजार १७६ मत पाए । यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत पाउँदा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए ।














