उपनिर्वाचनः बारा क्षेत्र नं. २ मा जसपाका अध्यक्ष यादव पाँच हजारभन्दा बढी मतान्तरले विजयी

Thankot Times

थानकोट ।

बैशाख १० मा सम्पन्न उपनिर्वाचन अन्तर्गत बारा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् ।

यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

यादवले २८ हजार चार १५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन् । यसैगरी एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहँदा रास्वपाका रमेश खरेलले २ हजार ८२९ मत पाएका छन् । पाँचौँ स्थानमा रहेका आम जनता पार्टीका अरुण ज्ञवालीले दुई हजार सात सय ३८ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवलाई मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले राती १.४५ बजे प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ