यू-१७ महिला एसियन कप छनोट: नेपालले आज इरानको सामना गर्दै

Thankot Times

थानकोट ।

यू-१७ महिला एसियन कप छनोट अन्तर्गत पहिलो चरणको खेलमा नेपालले समुह एचको पहिलो खेलमा आज इरानसँग खेल्दैछ ।

नेपाल र इरानबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ ।

खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

नेपाली यू-१७ महिला टोलीले यसपटक विष्णु गुरुङको प्रशिक्षणमा खेल्नेछ ।

यसअघि साफ यू-१७ च्याम्पियनसिपपमा भगवती थापा मगर मुख्य प्रशिक्षक थिइन् । तुलानात्मक रुपमा बलियो टोली इरानविरुद्ध सुखद नतिजा ल्याउने लक्ष्यमा नेपाल छ ।

यस समूहको अर्को टिम आयोजक जोर्डनसँग नेपालले आउने शुक्रबार खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *