एसीसी प्रिमियर कपः सन्दिप लामिछाने एक्लैले ५ विकेट लिएपछि लो-स्कोरिङ म्याचमा नेपाल विजयी

Thankot Times

थानकोट । 

टस हारेर कतारविरूद्ध पहिले ब्याटिङ गर्दै घरेलु दर्शकलाई निराश बनाएको नेपाली क्रिकेट टोलीले बलिङमार्फत शानदार कमब्याक गर्दै एसीसी प्रिमियर कपमा शानदार जित हासिल गरेको छ । 

७६ रनको जितसँगै समूह विजेताका रूपमा नेपाल एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा पुगेको छ ।

कीर्तिपुरमा १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमा अलआउट भयो । उसलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ५, सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए । 

प्रतियोगितामा कतार जितविहिन रहँदै घर फर्किएको छ। 

सेमीफाइनलमा पुग्ने टुंगो यस खेलअगाडि नै लागे पनि समूह विजेता भने यो जीतपछि मात्र भएको हो । अब सेमीफाइनलमा ‘समूह बी’को उपविजेतासँग खेल्नेछ ।

यसअघि टस जितेर पहिले बलिङ रोजेको कतारका बलरहरू सामु निरिह बन्दा ५० ओभरको खेलमा नेपालले जम्मा ४०.३ ओभर खेल्दा सबै खेलाडी गुमाउँदै १५७ रनमा समेटियो ।

नेपालका लागि सन्दिप लामिछानेले ५८ बल खेल्दै सर्वाधिक ४१ रन बनाउँदा  कप्तान रोहित पाैडेलले २७ रन बताए । यसैगरी आशिफ शेखले १९, सन्दिप लामिछानेले  दिपेन्द्रसिंह ऐरीले १२ तथा आरिफ शेखले ११ रनको योगदान दिए, अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आज नै समूह बी मा हङकङ र कुवेतबीच खेल भइरहेको छ । यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ ।

समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् भने समूह बी बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *