गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त

Thankot Times

थानकोट । 

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । 

बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई गण्डकीप प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  पाण्डेलाई प्रदेश प्रमुख गुरुङले प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री पाण्डेको शुक्रबार सपथ लिने कार्यक्रम छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ