प्रतिनिधिसभामा स्वर्णिम वाग्लेको पहिलो सम्बोधन-तनहुँका जनताको विश्वास डगमगाउन दिनेछैन्
थानकोट ।
बैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले उपनिर्वाचनमा आफूलाई अत्यधिक मत दिएर निर्वाचित गराएको भन्दै तनहुँका मतदातालाई आभार प्रकट गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद वाग्लेले तनहुँका जनताको विश्वास डगमगाउन नदिने प्रतिबद्धता जनाए।
उनले भने,’ आजै मात्रै शपथ लिएको छु। नवनिर्वाचित सांसद हुँ। हालै निर्वाचनमा मलाई भारी मत र मतान्तरसहित विजयी बनाएर प्रतिनिधिसभामा पठाउनु भएका तनहुँ क्षेत्र नम्बर १ का मतदाताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँहरूको स्नेह,विश्वास र भरोसलाई म डगमगाउन दिने छैन।
वाग्ले नेपाली कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका थिए। हुन्। उनी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भारी मतान्तरले हराउँदै विजयी भएका थिए।













