प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा केसी, राज्य व्यवस्था तथा सुशासन समितिमा श्रेष्ठ

Thankot Times

थानकोट । 

प्रतिनिधि सभाले विभिन्न १० वटा विषयगत समिति गठन गरेको छ ।

शुक्रबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुले सिफारिस गरेअनुसारको नाम सदस्यमा प्रस्ताव गरेका थिए । सभामुखले बाचन गरेको सदस्य सांसदहरुको नाम सभाले अनुमोदन गरेसँगै विषयगत समिति गठन भएको हो । 

काठमाडाैं क्षेत्र नं. ९ का सांसद् कृष्णगोपाल श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य बनेका छन् भने क्षेत्र नंं १० का सांसद् राजेन्द्र कुमार केसी सार्वजनिक लेखा समिति सदस्य बनेका छन् । 

प्रतिनिधि सभामा १० वटा विषयगत समितिहरुमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति रहेका छन् । 

हेर्नुहोस् सूची-


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ