यू-१७ महिला एसियन कप छनोटः जोर्डनविरूद्ध नेपालको ४-१ को शानदार जित

Thankot Times

थानकोट ।

घरेलु टोली जोर्डन विरूद्ध ४-१ को शानदा जित दर्ता गर्दै नेपालले एएफसी यू-१७ महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना जिवितै राखेको छ ।

स्थानीय समय अनुसार शुक्रबार दिउँसो जोर्डनस्थित प्रिन्स मोहमद स्टेडियममा सम्पन्न खेलमा नेपालले जोर्डनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

समूह एच मा रहेको नेपालले पहिलो खेलमा इरानसँग हार व्यहोरेको थियो ।

बुधबार भएको खेलमा नेपाल इरानसँग १-० गोल अन्तरले पराजित भएको थियो ।

अब यस समुहको अर्को खेल इरान र जोर्डनबीच आइतबार हुने छ । सो खेलमा जोर्डनले इरानलाई पराजित गरेमा नेपाल समुह विजेता हुने सम्भावना कायम रहेको छ ।

यस समूहमा नेपाल,  जोर्डन र इरान रहेका छन् । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *