नेपाल एसीसी प्रिमियर कपको फाइलनमा, एसिया कप खेल्न अब एक खेल जित्नुपर्ने

Thankot Times

थानकोट । 

घरेलु टोली नेपाल काठमाडाैंमा जारी एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । 

कुवेतसँग सेमिफाइनलको खेल वर्षाले पूरा हुन नपाए पनि नेपाल फाइनलमा पुगेको हो ।

वर्षाका कारण दुई घन्टा प्रभावित भएको खेल ४२–४२ ओभरमा छोट्याइएको थियो । नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाई २ सय ८१ रन बनाएको थियो ।

तर डकवर्थ लुइस प्रणालीमा कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिइएको थियो । जवाफमा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाई ३७ रन बनाएको अवस्थामा खेल पुनः वर्षाले बिथोलेको थियो । थप खेल नभएपछि रद्द हुन पुग्यो र नेपाल समूह विजेताको आधारमा फाइलनमा पुगेको छ ।

समूह ‘ए’ मा नेपालले ३ खेल जित्दै ७ अंक बटुलेको थियो ।

कुवेतले समूह ‘बी’ मा ४ मध्येको ३ खेल जित्दै ६ अंक बटुली उपविजेता बनेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *