रास्वपा संसदीय दलको नेताबाट अर्यालले दिए राजीनामा

Thankot Times

थानकोट । 

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता डोलप्रसाद अर्याल (डिपी)ले आफ्नो पदबाट राजीनामा दिएका छन्।

रास्वपाका उपसभापति समेत रहेका अर्यालले शनिबार राजीनामा दिएका हुन् ।

शनिबार बसेको संसदीय दलको भर्चुअल बैठकमा अर्यालले राजीनामा बुझाएका छन् ।

अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका छन् । उनको राजीनामा स्वीकृत गर्ने प्रक्रियामा रहेको बताइएको छ । 
सोमबार रास्वपाको संसदीय दलको बैठक बस्दैछ ।

सो बैठकले पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता चयन गर्दैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ