कांग्रेस नेता चन्द्र भण्डारी आज स्वदेश फर्किँदै

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारी आज स्वदेश फर्कने भएका छन् ।

गत फागुन ३ गते राति बुद्धनगर आफ्नै निवासमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका डा भण्डारी स्वास्थ्य उपचारपछि आज स्वदेश फर्कन लागेका हुन् ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारी आज दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत् स्वदेश फर्कन लागेको डा. भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले जानकारी दिए ।

उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछन् ।

पछिल्लो समय डा भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ