सुनचाँदीको मूल्य बढ्यो
थानकोट ।
कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँ बढेको छ ।
आज छापावाल सुन तोलामा एक लाख नौ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन (शुक्रबार) तोलामा एक लाख नौ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसदिन तेजाबी सुन तोलामा एक लाख आठ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी तोेलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














